निर्मल देउला एमाले काठमाडौं महानगर अध्यक्षमा निर्बाचित

राष्ट्रपाटी न्युज

१० कार्तिक २०७८

काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीको ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा निर्मल देउला निर्बाचित भएका छन् । एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो ।

उक्त अधिवेशनबाट उपाध्यक्षमा न्युच्छे काजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गी निर्बाचित भएका छन् । धेरै दाबेदार भएपछी १०१ सदस्यीय काठमाडौं महानगर कमिटी चयन गर्न धेरै सकस परेको थियो ।

निर्वाचित भएपछि कार्यक्रमलाइ सम्बोधन गर्दै देउलाले तत्कालिन नेकपा एमालेको नेतृत्वमा रहेको वली सरकारले ल्याएको ‘सुखी नेपाली , समृद्व नेपाल’ को नारालाई आत्मसात गर्दै देशकै पहिलो महानगरको रुपमा रहेको काठमाडौं महानगर भित्रका ३२ वडामध्ये हाल १८ वटामा एमालेले विजयी गरेकोमा आगामी निर्वाचनमा सबै वडा सहित सबै पार्टी उम्मेद्वारालाई स्थानीय निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा विजयी गराउन लागि पर्ने बताएका छन्।


Published :१० कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media