१ नम्बर प्रदेशमा मुख्यमन्त्री भीम आचार्यद्वारा राजीनामा

राष्ट्रपाटी न्युज

१५ कार्तिक २०७८

विराटनगर– प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् ।

प्रदेश सभा बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजीनामा दिएका हुन् । एमाले प्रदेशसभा दलको नेताको हैसियतमा आचार्य भदौ १० गते मुख्यमन्त्री बनेका थिए।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै आचार्यले बहुमत गुमाएका थिए ।

विश्वासको मतमाथि आज मतदान गर्ने कार्यसूची भए पनि आचार्यले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

आचार्यको राजीनामासँगै विपक्षी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री हुने निश्चित भएको छ ।

प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समय छोटो भएका कारण कतिपय योजनाहरु पूरा हुन नसकेको बताए । संसदको अंकगणित आफूहरुको पक्षमा नरहे पनि आम प्रदेशबासीको चाहना सरकारको निरन्तरताको पक्षमा रहेको उनको जिकिर थियो ।

आचार्यले अब बन्ने सरकारका राम्रा कामलाई सहयोग गर्ने बताउँदै गलत कामको आलोचना हुने उल्लेख समेत गरे ।


Published :१५ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media