कपन लसुनटारमा भव्य सांगीतिक कार्यक्रम हुँदै

राष्ट्रपाटी न्युज

१६ कार्तिक २०७८

काठमाडौँ। उत्कृस्ट टिम बूढानिलकण्ठको आयोजनामा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ लसुनटारमा तिन दिन सांगीतिक कार्यक्रम हुने भएको छ। यहि कार्तिक १८ ,१९ र २० गते विभिन्न सांगीतिक समुहको प्रस्तुति सहित यो कार्यक्रम हुन लागेको हो।

बूढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको लसुनटारमा द इन्ट्रो ब्याण्ड ,द सोर्सरी ब्याण्ड ,मिथक ब्याण्ड सहित विभिन्न कलाकारहरुको एकल र सामुहिक प्रस्तुति रहने छ। कार्तिक १८ गते दिउँसो ४ बजे देखि शुरु हुने सो कार्यक्रममा उपस्थित हुन सम्पूर्ण कपन लगायत बूढानिलकण्ठबासि सबैलाई कार्यक्रम आयोजकले अनुरोध गरेका छन्।


Published :१६ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media