पुन्यराज पुडासैनीद्वारा एमाले महाधिवेशन प्रतिनिधिमा लड्ने घोषणा

राष्ट्रपाटी न्युज

२३ कार्तिक २०७८

काठमाडौं- नेकपा एमालेका युवा नेता पुन्यराज पुडासैनीले दशौ महाधिवेशनमा काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा लड्ने घोषणा गरेका छन्।

यहि कार्तिक २७ गते हुने प्रतिनिधि छनौटमा आफ्नो उमेद्वारी रहने जानकारी गराउदै उनले काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको गौरवपूर्ण इतिहास फर्काउन आफ्नो उमेद्वारी रहेको बताएका छन् ।

काठमाण्डौ क्षेत्र नं ४ मा लगातर तिन पटक भोगेको पराजयलाई उल्टाउन शशक्त युवा नेतृत्व र जुझारु नीति आवस्यक रहेको भन्दै उनले ‘अग्रजहरुका लागि सम्मानित स्थान र युवाहरुका लागि उचित अवसर ‘ भन्ने नारा लिएर मैदानमा उत्रिने धारणा राखेका छन्।

२०५२ शालमा तत्कालिन प्रजातान्त्रिक रास्ट्रिय युवा संघ नेपाल बाट औपचारिक राजनीतिक यात्रा शुरु गरेका उनले तिन पटक एमालेको काठमाण्डौ क्षेत्र नं ४ को सदस्य रहेर विभिन्न जिम्मेवारी पुरा गरेका छन्।

हाल नेपाल खेलकुद महासंघको स्थायी कमिटी सदस्य समेत रहेका पुडासैनीले यस अघि युवा संघ नेपालको केन्द्रीय प्रचार विभाग,बुढानिलकण्ठ नगर कमिटी सदस्य तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने २०७४ सालको स्थानीय र संघीय निर्वाचनमा प्रचार प्रसार समितिको सचिवका रुपमा जिम्मेवारी बहन गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ युवा संघका पुर्व सचिव समेत रहेका उनले २०७४ सालको संघीय निर्वाचनमा उम्मेदवार रहेका डा. राजन भट्टराईको प्रेस संयोजकको रुपमा जिम्मेवारी बहन गरेका थिए भने स्थानीय तहको निर्वाचनमा बूढानिलकण्ठ नगरपालिका निर्वाचन परिचालन कमिटीको सचिवालय रहेर नेकपा एमालेको प्रचार अभियानमा संलग्न भएका थिए।

काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसलाई पराजित गर्नका लागि हाल सम्म अवलम्बन गर्दै आएको नीति ,विधि ,शैली ,सोच र तरिकामा व्यापक परिवर्तन गर्नुपर्ने आवाज निरन्तर उठाउदै आएका उनले महाधिवेशन प्रतिनिधिमा सहयोग गर्नका लागि सबैमा अनुरोध समेत गरेका छन्।

काठमाण्डौ क्षेत्र नं ४ बाट बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेल ,उद्दव खरेल, संगम गहतराज जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव विदुर विक्रम खड्का ,काठमाण्डौ महानगर अध्यक्ष निर्मल देउला, जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल,सह संयोजक लक्ष्मी संगौला,क्षेत्र नं ४ का पुर्व सदस्य धुर्व भट्टराई ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई , वडा नं ८ का अध्यक्ष सुमन तामाङ्ग ( जनजाती कोटा भएमा ) पनि महाधिवेशन प्रतिनिधिको दावेदार देखिएका छन। त्यस्तै महिला तर्फ अन्जु शर्मा, शुशिला सिलवाल र निर्मला खड्का पुडासैनी काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिको सम्भावित उम्मेदवारका रुपमा देखिएका छन्।


Published :२३ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media