जुम्ल्याहाकी आमा बनिन् ४६ वर्षे प्रिति जिन्टा

बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् ।​

प्रितिले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु । म र जीन असाध्यै धेरै खुसी छौं । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् ।

प्रितिले डाक्टर, नर्स र सरोगेटलाई धन्यवाद दिएकि छन्।

 

 

 

 


Published :२ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media