एमालेमा यसरी भयो कार्यबिभाजन

राष्ट्रपाटी न्युज

२६ मंसिर २०७८

काठमाडौं । नेकपा (एमाले) मा कार्यविभाजन गरिएको छ । आज सम्पन्न केन्द्रीय कमिटीको दोस्रो बैठकले एमाले नेताहरुको कार्यविभाजन गरेको हो । कार्यविभाजन अनुसार अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ भने महासचिव शंकर पोखरेले पनि पार्टीको समग्र जिम्मेवारी पाएका छन् ।

महत्वपूर्ण विभाग मानिने संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त भएका छन् भने स्कुल विभागमा प्रदीप ज्ञवाली चयन भएका छन् । प्रचार विभाग पृथ्वीसुब्बा गुरुङले पाउँदा योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाएका छन्।

केपी ओली : समग्र पार्टी

ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान

युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ

अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय

रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा

विष्णु पौडेल : पार्टी संगठन अनुगमन

सुवास नेम्वाङः ससदिय अनुगमन

सुरेन्द्र पाण्डेः राजकीय मामिला

महासचिव : समग्र पार्टी

प्रदीप ज्ञवाली : स्कुल विभाग

पृथ्वी सुब्बा गुरुङ : प्रचार विभाग

विष्णु रिमालः आर्थिक तथा लेखा

योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग

भीष्म अधिकारि : कार्यालय सचिव

खगराज अधिकारि : संगठन विभाग


Published :२६ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media