बालकृष्ण ढुंगेल पर्दा यज्ञराज सुनुवार परेनन् पोलिटब्यूरोमा

राष्ट्रपाटी न्युज

२६ मंसिर २०७८

भक्तपुर ।नेकपा (एमाले)को आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको छ।

बैठकले पोलिटब्यूरो सदस्यमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानभुक्त ढकाल, मणि थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, शम्भू साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा , शेरबहादुर तामाङ ,काशीनाथ अधिकारी, हिक्मत कार्की, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लीला गिरी, जगत विक, कमल चौलागाई, बालकृष्ण ढुङ्गेल, ईश्वरबहादुर रिजाल, जीतु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल , लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावल, नारदमुनी राना, सूर्य थापा, मना केसी, सुशीला नेपाल, पार्वत गुरुङ, लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्यूत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फूँयाल, ठाकूर गैर, तिलक मेन्यांवो, जुली कुमारी महतो, गौरी ओली, निरुदेवी पाल, बिमला घिमिरे, लिलाकुमारी भण्डारी, शान्ता चौधरी, सीता गिरी ओली, नरुलाल चौधरी, कृष्णबहादुर राई, गुलाबजङ्ग शाह र लक्ष्मी पोखरेललाई चयन गरिएको छ।

८० सदस्यीय पोलिटब्यूरो गठन गर्दा ओखलढुंगाका माननीय एबम प्रभावशाली युवा नेता यज्ञराज सुनुवारको नाम भने समेटिएन। उनलाई एमालेको उपभोक्ता हित संरक्षण बिभागको प्रमुखमा नियुक्त गरेर झारा टार्ने काम गरिएको छ। नेकपा एमाले ओखलढुंगा जिल्ला इन्चार्जमा भने किशोर अधिकारीलाइ मनोनयन गरिएको छ।

 

अचम्मको कुरा त के छ भने माओबादीबाट केहि बर्ष अघि एमाले प्रवेश गरेका पुर्व साम्सद बालकृष्ण ढुंगेललाइ भने पोलिटब्यूरो सदस्यमा चयन गरिएको छ। उज्ज्वन श्रेष्ठको हत्यामा सर्वस्व सहित जन्म कैदको फैसला पछि सजाय भुक्तान गरि बाहिर आएपछि अहिले ढुंगेलले केपी वली संगको निकटता बढाएर आफुलाई ओखलढुंगा जिल्लाको सबैभन्दा ठुलो एमाले नेता बनाउन सफल भएका छन्। हिजो ढुंगेललाइ सत्तोसराप गर्नेहरुनै अहिले सामाजिक संजालमा बधाई र शुभकामान लेख्न व्यस्त देखिन्छन ।

 


Published :२६ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media