बूढानीलकण्ठ १० मा अन्तरबिधालय फुटसल प्रतियोगिता चल्दै

राष्ट्रपाटी न्युज

२० फाल्गुन २०७८

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० बालुवाखानी स्थित श्रेष्ठ फुटसलमा अन्तरबिधालय फ़ुटसल प्रतियोगिता आयोजना गरिएको छ। युवाहरुको सहयोगी हात नेपाल तथा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० द्वारा आयोजित एबम वडा युवा परिषद बूढानीलकण्ठ १० द्वारा सहयोग र सहकार्य गरिएको उक्त कार्यक्रममा बूढानीलकण्ठ १० भित्र रहेका बिभिन्न बिधालयहरुको सहभागिता रहेको छ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एबम बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नबराज भट्टराईले गरेका थिए।

प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी र स्वर्ण पदकसहित नगद रु.१०,०००/-, द्वितीय हुने टिमलाई ट्रफी र सिल्भर पदक सहित नगद रु.७,५००/- र तृतीय हुने टिमलाई कास्य पदकसहित नगद रु.५०००/- प्रदान गरिनेछ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का आठ वटा विधालयहरु सहभागी रहेको उक्त प्रतिष्पर्धाबाट जुगल माध्यमिक बिधालय एबम युयुत्सु मा वि फाइनलमा पुगेका छन्। फाइनल खेल भोलि शनिवार ११ बजे हुने आयोजकले जानकारी दिएको छ।

 


Published :२० फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media