चट्याङ लागेर एकैदिन दुईजनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर काभ्रेपलाञ्चोक र मकवानपुरमा मंगलबार दुईजनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ ठूलोबासपुर केराबारी बस्ने १६ वर्षीया कान्छीमाया मोक्तानको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको हो ।

आफ्नै घरमा अचानक परेको चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिका–८ गोर्याङ बस्ने ६५ वर्षीय जितबहादुर गोलेको पनि चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङको झड्का लाग्दा गम्भीर घाइते भएका उनको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गत वर्ष २०३ वटा चट्याङका घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने १७९ जना घाइते भएका थिए ।


Published :७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media