काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत् घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।
घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ ।
आज विहान किरव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।