लुम्बिनी वर्ल्ड स्कुल सञ्चालनको तयारी

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

भैरहवा । रुपन्देहीमा खुलेको लुम्बिनी वर्ल्ड स्कुल सञ्चालनको तयारीमा छ । तिलोत्तमा–१३, मधवलियामा खुलेको यो स्कुलाई सञ्चालकहरूले उपत्यका बाहिरको सर्वोत्कृष्ट स्कुलको रुपमा दाबी गरेका छन् । आगामी शैक्षिक सत्रबाट यो सञ्चालनमा आउन लागेको हो ।

रुपन्देहीबाट पठनपाठनका लागि भारत जाने विद्यार्थी रोक्न, पढाइसहित संस्कार सिकाउन यो स्कुल सफल हुने प्रिन्सिपल विष्णुप्रसाद ढकालले बताए ।
पहिलो वर्षमै यहाँ कक्षा १ देखि ८ सम्म पठनपाठन सुरु गरिनेछ । २० जना मात्रै विद्यार्थी राखिने गरी प्रत्येक कक्षा कोठाको डिजाइन गरेको, आइटी, पुस्तकालयलगायतको सुविधा रहेको स्कुल प्रशासनले जनाएको छ । स्कुलले आफ्नै पाठ्यक्रम बनाएर हरेक विषयमा दुईजना शिक्षक राखेर नियमित कक्षा सञ्चालन गर्न विदेशमा अनुभव प्राप्त शिक्षक ल्याएको छ ।

साढे ३ बिगाहा क्षेत्रफलमा रहेको स्कुलको मूल भवनसहित पुस्तकालय, स्विमिङ पुल, क्याप्टेरिया, फुटसल, बास्केटल बल कोर्टलगायतका पूर्वाधार रहेको र केही निर्माणको क्रममा रहेको स्कुलका अध्यक्ष योगेश घिमिरेले जानकारी दिए ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media