नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

राष्ट्रपाटी न्युज

असार १६, २०८२

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा अडिएको छ। नेप्से बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ ।

यसदिन ३१८ स्क्रिप्सको १ करोड ४१ लाख ७२ करोड ५३५ कित्ता सेयर ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ७ अर्ब १२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। राप्ति हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सनको सेयर ९.९७ प्रतिशतले बढ्दा धवलागिरी लघुवित्त वित्तीय संस्थाको ९.८० र विन नेपाल लघुवित्त वित्तीय संस्थाको ९.१६ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा साहस उर्जा शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो। सानिमा माइ हाइड्रोपावरको ३१ करोडको सेयर कारोबार हुँदा  बुटवल पावरको ३० करोड,सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड र  एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २२ करोडको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १४५ स्टक्सको मूल्य बढ्दा १०३ वटाको घट्यो।  चार समूहको उपसूचक घट्दा अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन मनु एण्ड प्रो समूहको उपसूचक सर्वाधिक १.६३ प्रतिशतले बढ्यो।


Published :असार १६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media