आलमको मुद्दा फेरि ‘हेर्दाहेर्दै’ मा

राष्ट्रपाटी न्युज

१६ बैशाख २०७९

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा  फेरि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।  सुनुवाइ  नसकिएपछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेकाे हाे ।

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे छ ।

उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।


Published :१६ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media