विकेश राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने

राष्ट्रपाटी न्युज

१७ बैशाख २०७९

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले शुक्रबार सामाजिक सञ्जालमार्फत् आफू पीडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका छन् ।

यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट हुँदाहुँदै मिडियामा बोलेको आधारमा टिमबाट निकालेको बताउँदै खेलाडीको पक्षमा उभिने जनाए ।

‘हाल राष्ट्रिय टोलीमा भएको घटनाक्रम मलाई पूर्ण रुपमा अवगत भएको र खेलाडी साथीहरुमा पर्न गएको मर्का मैले बुझेको छु । साथै विगतमा म पूर्ण रुपमा फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत नै छ । तसर्थ म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथीहरुको जायज मागप्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु । म र हामीभन्दा माथि हाम्रो राष्ट्र,’ विकेशले सामाजिक सञ्जालमा लेखेका छन् ।


Published :१७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media