निर्वाचनबारे टिकटक बनाउनेलाई आयोगले ५० हजार पुरस्कार दिने

राष्ट्रपाटी न्युज

१८ बैशाख २०७९

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।

३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।

टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनुपर्नेछ ।

आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।

यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने जनाएको थियो ।


Published :१८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media