सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७९

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय ईन्द्रजित यादबको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तिलाठीबाट राजबिराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आँउँदै गरेको साइकललाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको हो ।


Published :२२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media