दैलेखमा एमालेका मेयर उम्मेदवारको गाडीमा आगजनी

राष्ट्रपाटी न्युज

२६ बैशाख २०७९

सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ ।

बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए ।

गाडी आठबीस नगरपालिका- ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होटलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेका थिए ।

बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख गरेका छन् । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्‍याएका थिए,’ उनले भने,‘ त्यसकारण खासै क्षति भने हुन सकेन ।’

घटनाबारे इलाका प्रहरी कार्यालय राकमले अनुसन्धान थालेको छ ।


Published :२६ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media