पाल्पाका दुई पालिकामा एमालेको जित

बुटवल । पाल्पा जिल्लाका दुईवटा पालिकामा एमालेले जितेको छ । पूर्वखोला गाउँपालिका र तिनाउ गाउँपालिका एमालेले जितेको हो ।

पूर्वखोला गाउँपालिका अध्यक्षमा नुनबहादुर थापाको प्यानल नै विजयी भएको छ । उनी ६ हजार ०३९ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको नेतृत्व गरेका नेकपा एसका मिनप्रसाद गिरीलाई ४ हजार ७८२ मतान्तरले पराजित गरेका हुन् । पराजित गिरीले १२ सय ५७ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकी भागिरथी भट्टराई ५ हजार ८९४ मतसहित विजयी भएकी छन् । दोस्रो स्थानमा रहेकी कांग्रेसकी विष्णुकुमारी आचार्यले २२ सय ५० मत ल्याइन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पूर्वखोलामा ६ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् ।

पाल्पाकै तिनाउ गाउँपालिकामा एमालेले जित हासिल गरेको छ । एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् । ४ हजार ४४६ मत ल्याएका माओवादीका राजेश श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहँदै पराजित भए । उपाध्यक्षमा कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत पाए । एमालेकी सावित्रा राना गुरुङ ४ हजार ४६५ मत पाइन् ।

पाल्पाका १० पालिकामध्ये अहिलेसम्म दुईवटाको मात्रै अन्तिम नतिजा आएको हो ।


Published :२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media