अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसको जित

डडेल्धुरा । जिल्लाको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।

कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भइन्।

प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याए । उनका प्रतिद्वन्दी भट्टले ३४२६ मत पाए । नेकपा एकीकृत समाजवादीकी संगिता भण्डारीले ७६७ मत ल्याइन्।

उपाध्यक्षमा विजयी झुकालले ३६७८ मत ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्दी यज्ञराज भट्टले ३०८५ मत पाए ।


Published :३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media