गैंडाकोटको मेयर र उपमेयरमा भारी मतान्तरले कांग्रेस विजयी

चितवन । नवलपरासी (वर्दघाट पूर्व) को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् ।

मेयरका  उम्मेदवार अधिकारीले निकतटम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतअन्तरले पराजित गरेका हुन् ।

अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले जम्मा १३ हजार ६०६ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पौडेल २०२ मतअन्तरले निर्वाचित भएका थिए ।

उपमेयरकी उम्मेदवार कांग्रेसकी कोइराला सात हजार ४७४ मतअन्तरले निर्वाचित भइन् । कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार लुलाराम पौडेलले आठ हजार ६४० मत प्राप्त गरे ।

गैंडाकोटका १८ वटा वडामध्ये १० वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भए भने छ वडामा एमालेका उम्मेदवार निर्वाचित भए । एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए ।


Published :४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media