कोल्हवीको मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

बारा । बाराको कोल्हवी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको छ ।

नगरपालिकाको मेयरमा रामप्रासद चौधरी र उपमेयरमा लक्ष्मीकुमारी चौधरीले विजय प्राप्त गरेका हुन् ।

कांग्रेस उम्मेदवार रामप्रसादले निकटतम् प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० भन्दा बढी मतले पराजित गरे ।

मेयरका उम्मेद्वार चौधरीले ९१०५ मत ल्याउँदा एमालेका भण्डारीले ८३०७ मतमात्र प्राप्त गर्न सके ।

त्यस्तै नगरको उपमेयरमा एमालेकी उम्‍मेदवार सुइना थरुनीलाई ६०० बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले जित हात पारेकी छिन् । लक्ष्मीले ९०८८ मत ल्याउँदा एमालेकी सुइनाले ८४८३ मत पाइन् ।


Published :६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media