ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्याँसको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ ।

यससँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । अब ग्याँसको भाउ प्रतिसिलिण्डर १८ सय पर्नेछ ।


Published :८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media