शिक्षक तथा कर्मचारीको तलब बढाउने सरकारको तयारी, कसको कति बढ्ला ?

राष्ट्रपाटी न्युज

१० जेष्ठ २०७९

काठमाडौँ । देउवा सरकारले शिक्षक तथा सरकारी कर्मचारीको तलब  बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो ।

अर्थ मन्त्रालयले आगामी  आर्थिक  वर्ष  २०७९/८० को  बजेट भाषणमार्फत् शिक्षक तथा कर्मचारीको तलब बढाउने तयारी भएको बताएको छ ।

शुक्रबार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा तलबभत्ता पुनरावलोकन समितिको बैठकले बजारमा देखिएको महँगीलाई मध्यनजर गर्दै शिक्षक र कर्मचारीको तलब बढाउन आवश्यक रहेको निष्कर्ष निकालेसँगै अब शिक्षक र कर्मचारीको तलब बढ्न लागेको हो ।

महँगीको अनुपातमा निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीको तलब बढाउन सरकार तयार भएसँगै जेठ १५ गते संसदमा अर्थमन्त्रीले वाचन गर्ने आगामी आर्थिक वर्षको बजेट भाषणमा कर्मचारीको तलब बढ्ने भएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार महँगीको अनुपात हेरेर र कर्मचारीको तहलाई मध्यनजर गर्दै  हरेक तहका शिक्षक कर्मचारीको तलब दुई हजारदेखि ५ हजारसम्म बढाउने तयारी गरिएको छ ।


Published :१० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media