सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुनुस्ः केपी ओली

राष्ट्रपाटी न्युज

११ जेष्ठ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन निर्देशन दिएका छन् ।

आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन् ।‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विष्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भने, ‘उहाँले संसदमा सशक्त रुपमा पेश हुन आग्रह गर्नुभएको छ ।’

बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र  परराष्ट्र नीति विपरित कार्यक्रम राखेको उल्लेख गरेका थिए ।संविधानको विपरित, राष्ट्रहित विपरितका कुरालाई सशक्त रुपमा उठाउन उनले सबैलाई आग्रह गरेका थिए । बैठकमा निर्वाचनको विषयमा गम्भिर छलफल नभएको नेता रावलले बताए ।


Published :११ जेष्ठ २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media