नायिकामाथि दुर्व्यवहारका आरोपित लामासँग ३ हजार धरौटी माग

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७९

काठमाडौँ । कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । सो धरौटी तिरेपछि फुर्वा रिहा हुनेछन् ।

आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् ।

एक वर्षभन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले जानकारी दिए ।

यसैबीच फुर्वाका समर्थकहरुले भने झुटो आरोप लगाएकाे दाबी गरेका छन् । उनीहरुले मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन समेत गरेका थिए ।


Published :१७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media