रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना, दुईजनाको गयो ज्यान

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

रुकुम । रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम९पूर्व० ले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार दुईजना घाइते भएका छन् । घाइतेकोे रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खत्रीले भने, “ट्र्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर दुईजनाको ज्यान गएको छ । ट्र्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको नि हुन सक्छ, झर्ने बेलामा आत्तिएको पनि हुनसक्छ ।” घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताएका छन् ।


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media