टी-२० विश्वकपमा नेपाल युएईसँग १० विकेटले पराजित

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

काठमाडौं । आइसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल युएईसँग १० विकेटले पराजित भएको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो ।

युएईको जीतमा थिर्था सतिशले अविजित ४ रन जोडिन । लाभन्या केनी ३ रन अविजित रहिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो । इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनीषा रानाले अविजित २ रन जोडिन । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १-१ रन जोडिन् ।

अञ्जलि कुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैसी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव शून्य रनमा आउट भए ।युएईका महिका गौरले ५ विकेट लिईन । इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् । छनोटमा नेपालको यो पहिलो हार हो । शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएईको भने यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । अब नेपालले सोमबार भुटानविरुद्ध खेल्नेछ । त्यस्तै मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media