शौचालय प्रयोग गर्न दिन इच्छुकलाई ७ दिनभित्र सम्पर्कमा आउन काठमाडौँ महानगरको आग्रह

राष्ट्रपाटी न्युज

२२ जेष्ठ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वसाधारणका लागि शौचालय प्रयोग गर्न दिन इच्छुक महानगरभित्र रहेका होटल, रेष्टुरेण्ट, बैंकलगायतलाई सात दिनभित्रमा सम्पर्कमा आउन आग्रह गरेको छ ।

नवनिर्वाचित मेयर बालेन्द्र साहको अध्यक्षतामा जेठ १६ गते बसेकाे नगर कार्यपालिकाको बैठकले सर्वसाधारणका लागि सार्वजनिक शौचलायमा सहजता पुगोस् भन्ने हेतुले महानगरभित्र रहेका होटल, रेष्टुरेण्ट लगायतका शौचालय प्रयोग गर्न सकिने र त्यसका लागि विशेष कार्यविधि बनाउने निर्णय गरेको थियो ।

महानगरले आइतबार एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थालगायतलाई सार्वजनिक रूपमा अनुरोध गरेको हो ।

‘इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले यो सूचना प्रकाशित गरेको मितिले ७ दिनभित्र तपसिल बमोजिमको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।’

हेर्नुहोस् महानगरद्वारा जारी सूचना

 


Published :२२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media