शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै सदनमा मागियो गृहमन्त्रीको राजीनामा

राष्ट्रपाटी न्युज

२५ जेष्ठ २०७९

काठमाडौं । देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरिएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले गृहमन्त्री खाँणले देशमा शान्तिसुरक्षा कायम हुन नसकेको भन्दै राजीनामा माग गरिन् ।

उनले भनिन्- ‘बलात्कार र हिंसाका घटना टुलुटुल्ती हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ ।  उनले बालिका र किशोरी बलात्कृत भइरहेका छन् तर गृहमन्त्रीले कारबाही गर्न नसकेको आरोप लगाइन् ।

उनले भनिन्- ‘रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’

यसैगरी एमाले सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले गृहमन्त्री खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाए । आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न सुहाउँदै भन्दै उनले आपत्ति प्रकट गरे ।


Published :२५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media