आईसीसी विश्वकपः आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

राष्ट्रपाटी न्युज

३१ जेष्ठ २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग टु सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली र ओमानको राष्ट्रिय क्रिकेट टोलीबीच आज तेस्रो खेल हुँदैछ ।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा आज राति नेपाल र  ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने भएको  छ ।

ओमानविरुद्ध मैदान उत्रँदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल ओमानलाई हराउँदै २ अंक जोड्न चाहन्छ । यस्तै नेपाल ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । यस्तै ओमान पनि नेपाललाई हराउँदै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ । ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।


Published :३१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media