एसपीपी सम्झौताको विरोधमा नेकपा चन्द समर्थित विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विरोधमा माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । एसपीपीको समर्थन नगर्न दबाब दिँदै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको  विद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

माइतीघरमा भेला भएका अखिल क्रान्तिकारीका कार्यकर्ताले एसपीपी समर्थन नगर्न, एमसीसी खारेज गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । हालै अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्रामको मस्यौदा समर्थनका लागि पठाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि छिट्टै अमेरिका भ्रमणमा जान लागेपछि यही एसपीपीमा समर्थन गर्न जान लागेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।


Published :१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media