काठमाडौँ । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूको प्रशिक्षण सकिएको छ ।
दुईदिने प्रशिक्षणबाट निर्वाचित जनप्रतिनिधिहरुले २० वटा संकल्प गरेका छन्। बिहीबार र शुक्रबार भएको प्रशिक्षणपछि उनीहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन्।
संकल्पमा कार्यकालको पाँच वर्षमा के-के गर्ने भन्ने कुरा उल्लेख गरिएको छ । पहिलो बुँदामा ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं’ लेखिएको छ।
एमालेले वैशाख ३० मा भएको निर्वाचनमा ७५२ पालिकामध्ये २०५ मा प्रमुख-अध्यक्ष र २४० मा उपप्रमुख-उपाध्यक्ष जितेको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए।