नयाँ मिस नेपालको ग्रान्ड फिनाले आज, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा

काठमाडौं । नयाँ मिस नेपालको ग्रान्ड फिनाले आज हुँदैछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजका लागि प्रतिस्पर्धा हुने भएको हो ।

अघिल्ला दुई वर्षमा कोरोना महामारीका कारण रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुने द हिडन ट्रेजरले जनाएको छ । ६ जना जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।

नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।


Published :४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media