तीनदिने भ्रमणका लागि दुबईका राजकुमार नेपालमा

काठमाडौँ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आइपुगेका छन् । उनी ३ दिने नेपाल भ्रमणका लागि शनिवार आइपुगेका हुन् ।

नेपाल भ्रमणकै क्रममा उनले विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने जनाइएको छ । उनी शनिबार नै झापा पुगेको पनि जनाइएको छ ।

झापा विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै संचालनमा आइसकेको छ । अस्तपाल मेडिकल व्यवसायी दुर्गा प्रसाईँले संचालनमा ल्याएका हुन् ।

उक्त क्यान्सर अस्पतालको सुभारम्भ भएसँगै नेपालको पूर्वी क्षेत्रका क्यान्सरका बिरामीहरु काठमाडौं, चितवन तथा भारतको विभिन्न अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।


Published :४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media