नेपाल भूराजनीतिक स्वार्थको भूमरीमा फस्ने प्रदीप ज्ञवालीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समय नेपालको परराष्ट्र नीतिमा विचलन देखिएको बताएका छन् ।

मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको वर्तमान कुटनीतिक अभ्यास र यसका प्रभावहरु विषयक अन्तरक्रियामा उपमहासचिव ज्ञवालीले पछिल्लो समय केही विचलन देखा परेको बताए । दुबै छिमेकी समान महत्वको भएको भन्दै उनले छिमेकीलाई वेवास्ता गरेर जान नहुने सुझाव दिए ।

वर्तमान सरकारमा बीआरआई अगाडि बढाउन संकोच देखा परेको उनको भनाइ छ । सन्तुलित सम्बन्ध राख्न नसकेमा नेपाल भुराजनीतिक स्वार्थको भूमरीमा फस्ने चेतावनी दिए। ‘हाम्रो परराष्ट्र नीति संविधानले व्यवस्था गरे बमोजिम सन्तुलित हुनुपर्छ,’ उनले भने, ‘कुनै शक्ति राष्ट्रको रणनीति र सैन्य रणनीतिमा जान सक्दैनौं । हामीलाई कुनै पनि शक्तिले आफ्नो रणनीतिमा तान्ने प्रयास गर्नु हुँदैन ।’

परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा परराष्ट्र र कानुन मन्त्रालय बेखर देखिएको भन्दै उनले आपत्ति जनाए । ‘एमसीसीमा अनावश्यक विरोधले मुलुकको विश्वसनीयतामा नै ह्रास आयो । राष्ट्रियतामा दलीय स्वार्थभन्दा माथि उठ्नु पर्छ,’ उनले भने ।


Published :४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media