एसीसी महिला टी-२० मा नेपालद्वारा बहराइन ८ विकेटले पराजित, नेपालको सेमिफाइनल यात्रा पक्का

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत नेपालले  बहराइनलाई ८ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालको सेमिफाइनल  यात्रा पक्का भएको हो । नेपालको यो जित लगातार तेस्रो हो ।

यो जितसँगै नेपालले समूह बीबाट ६ अंक जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटेपछि नेपालले सहज जित निकालेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३.४ ओभरमा २ विकेट पूरा गरेको हो । वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन बनाएको थियो ।

१५ रनको लक्ष्य भेटाउने क्रममा नेपालकी सीता राना मगरले ४ रन र कविता जोशीले ३ रन बनाए भने नेपालले अतिरिक्त ८ रन पायो ।  बहराइनका लागि पविथ्रा सेट्टी र भिल्सिता बर्बोजाले समान एक/एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन १४ रनमा अलआउट भएको थियो । बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन् भने  सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् ।


Published :६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media