पहिरोका कारण भिमफेदी-काठमाडौं सवारी आवागमन बन्द

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पुर्ण रुपमा बन्द भएको छ ।

अविरल बर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक पुर्ण रुपमा बन्द भएको हो ।

हिजो बेलुकी पौने ८ बजे बाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।


Published :६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media