बेदकोटमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

कञ्चनपुर । बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना४ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो ।

सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सख्त घाइते भएकी जोशीलाई अस्पताल पुर्याउने क्रममै मृत्यु भएको बताइएको छ ।

बसका चालक भीमदत्त नगरपालिकाको बनगाउँ बस्ने ३४ वर्षीय राजेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Published :८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media