मन्त्रीमण्डल हेरफेर गर्न एसको निरन्तर दबाब, राष्ट्रियसभा बैठक समाप्तिपछि मात्रै गर्ने प्रमको अडान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक सकिएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने अडान लिएका छन् ।

नेकपा एसले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि प्रधानमन्त्रीले बजेट अधिवेशन समाप्तिपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका हुन् ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘अहिले मलाई मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनुपर्छ भन्नेमा दबाब बढ्छ भन्नुभएको छ।’ उनले अगाडि भने,  ‘उहाँले आन्तरिक समस्या देखाएर मन्त्रीमण्डल हेरफेर गर्न आनाकानी गर्नुहुन्न भनेर हामीले भनेका छौँ । तर मन्त्रीमण्डल हेरफेर गर्नै परेमा राष्ट्रियसभा बैठक समाप्तिपछि मात्रै गर्ने मुडमा प्रधानमन्त्री देखिनुभएको छ ।’

प्रवक्ता खतिवडाका अनुसार नेकपा एसको बिहीबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेर गर्ने पार्टी निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमाथि निरन्तर दबाब दिइरहेका छन् । नेकपा एसका मन्त्रीहरुले पनि मन्त्रीमण्डल हेरफेर गर्ने निर्णय लिनु परेमा बजेटको जवाफ सकिएपछि मात्रै गर्नुपर्ने धारणा राख्दै आएका छन् । सो बारेमा अध्यक्ष नेपालले शुक्रवारको बैठकमा मन्त्रीहरुको प्रस्तावका बारेमा जानकारी गराउने भएका छन् ।

नेकपा एसले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चारजनालाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुवँर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो ।

सो निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष नेपालले पटक-पटक प्रधानमन्त्रीलाई दबाब दिए पनि प्रधानमन्त्रीले ‘बजेट अधिवेशन सकिएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने’ भन्दै नेकपा एसको निर्णय कार्यान्वय गरेका छैनन् ।

देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेकपा एसमा भने किचलो सुरु भएको छ । बहालवाला मन्त्रीहरुले पार्टीको सो निर्णयबारेमा सुरुमा नै आफू अनविज्ञ भएको बताउँदै असन्तुष्टि जाहेर गर्दै संघीय संसदको निर्वाचनसम्म निरन्तरता पाउनुपर्ने बताउँदै आएका छन् ।


Published :९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media