नेपाल बार एसोसिएसन पाटन उच्च अदालतको अध्यक्षमा शान्तिराम खतिवडा  

काठमाडौँ । नेपाल बार एसोसिएसन पाटन उच्च अदालतको अध्यक्षमा अधिवक्ता शान्तिराम खतिवडा उम्मेदवार बन्ने भएका छन् । उनी संयुक्त प्यानलका तर्फबाट उम्मेदवार बन्ने भएका हुन् ।

नेकपा एमाले निकट पिपिएलए र नेकपा एकीकृत समाजवादी निकट एसपिएलएको संयुक्त प्यानलका तर्फबाट खतिवडालाई अध्यक्ष  र रबिन्द्रकुमार ढुङ्गानालाई सचिवमा अगाडि सारिएको छ ।

करिब २९ वर्ष  कानुन क्षेत्रमा सक्रिय रहँदै आएका ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिकाका खतिवडाले जिल्लाको बामपन्थी आन्दोलनको विकासमा पनि महत्वपूर्ण योगदान दिएका छन्‍ ।

आगामी असार २५ गते हुने नेपाल बार एसोसिएसन पाटन उच्च अदालतको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार बनेका खतिवडाले नेपाल ल क्याम्पसबाट एलएलएम गरेका हुन् ।

२०४८ सालको कर्मचारी आन्दोलनमा एक महिना जेल जीवन बिताएका खतिवडा नेकपा एमाले केन्द्रिय कानुन विभाग र उपभोक्ता हित संरक्षण विभागका सदस्यसमेत भएर सामाजिक कार्यमा सक्रिय रहेका छन् ।

अनेरास्ववियु ओखलढुंगा-काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष हुँदै दुई पटक नेकपा एमाले ओखलढुंगा-काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष रहेर योगदान दिएका खतिवडा नेकपा एमाले कानुन इलाका कमिटीका पूर्व अध्यक्षसमेत भएका छन् ।

 

 

 

 


Published :१३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media