पूर्वी नाकाबाट आठ हजार २३६ मेट्रिकटन फलफूल आयात

राष्ट्रपाटी न्युज

असार १४, २०७९

झापा । चालु आर्थिक वर्ष २०७८-७९ को जेठ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टा हुँदै ४५ करोड ९७ लाख २७ हजार बराबरको आठ हजार २३६ मेट्रिकटन फलफूल आयात भएको छ ।

कार्यालयका अनुसार आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरवापत मात्र १२ लाख राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए ।

उनका अनुसार २९ करोड ७३ लाख ७ हजार मूल्य बराबरको चार हजार ६४५ मेट्रिकटन स्याउ आयात भएको छ । यो नाका भएर १० महिनाको अवधिमा भुइँकटहर मात्र रु चार करोड ५१ लाख १० हजार बराबरको एक हजार ८७८ मेट्रिक टन आयात भएको छ ।

त्यसैगरी १२ लाख ८० हजारको ४६ मेट्रिकटन केरा, ७९ लाख ५१ हजारको नरिवल, ६७ लाख ७० हजार जुनार, ४९ लाख ४९ हजारको आप, दुई करोड ९७ लाखको अनार, ७७ लाख ६१ हजारको अङ्गुर, एक करोड ७८ लाख ७८ हजारको सुन्तला, ३६ लाख ७३ हजारको नास्पति, रु पाँच लाख ९८ हजारको अम्बा, ९३ लाख ८४ हजार बराबरको खर्बुजा आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।


Published :असार १४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media