अविरल वर्षाले पूर्वी झापाका अधिकांश स्थान डुवानमा

झापा । निरन्तरको अविरल वर्षाले पूर्वी झापाका अधिकांश स्थान डुवानमा परेका छन् । सोमबार रातिदेखि आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

झापाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना-ठूला नदीमा पानीको बहाव अत्यधिक बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार राजमार्ग दक्षिणका अधिकांश भू-भाग डुवानमा छन् । विस्थापितको संख्या कम भए पनि हजारौं घर डुवानमा परेका छन् । केही नदी बस्तीमा पर्ने खतरा छ ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गरिएको छ । उनले हालसम्म गौरीगञ्ज-१ महाभारामा ४ घर विस्तापित भएको बताए । बाँकी ठाउँबाट विस्तापित भएको सूचना नआएको उनको भनाइ छ ।


Published :१४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media