प्रधानमन्त्रीसहित सत्तारुढका शीर्ष नेताहरू विमानस्थलको अवलोकन गर्न निजगढमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरू निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्न बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्रीसहितका शीर्ष नेताहरु निजगढ पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको जनाएको छ ।

विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेको बताइएको छ ।

शीर्ष नेतासहितको सरकारी टोली विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ ।


Published :१८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media