एस निकट युवा संघका अध्यक्ष शाहीद्वारा हिमाल आरोही जिरेललाई तारा अंकित झण्डा हस्तान्तरण

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् ।

सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामनासहित झण्डा हस्तान्तरण गरेका हुन् । सर्वोच्च शिखर सगरमाथासहित सानाठूला थुप्रै हिमालको सफल आरोहण गरिसकेका हिमाल आरोही जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेका छन् ।

सो हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराउने इच्छा ब्यक्त गरेकाले उनलाई झण्डा हस्तान्तरण गरिएको संघका महासचिव दिपक जिएमले बताए ।

एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहेका जिरेल प्रसिद्ध हिमाल आरोही हुन् । स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत भएका उनले यसअघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरिसकेका छन् ।

उनले मनास्लु हिमाल एक पटक, आमा दबलम ३ पटक पुमरी एक पटक, मेरा पिक ५ पटक, सिंगा चुली एक पटक, टेन पिक २ पटक, दम्पोस पिक एक पटक, लार्के पिक एक पटक, अम्विगेप्चेन एकपटक, आइसल्याण्डपिक एक सय २० पटक, लवुजेपिक ३० पटक, सोलु पिक एक पटक, लाङसिसरी एकपटक, नयाँकाङ ३ पटक, एलापिक ३ पटक, रमुदङ एक पटक, खाम्सेकु एक पटकलगायत २६ बढी हिमाल आरोहण गरिसकेका छन् । नेपाल वाहक किर्गिस्तानको लेनिन पिक यसअघि पनि चढिसकेका छन् ।

झण्डा हस्तान्तरण कार्यक्रममा संघका महासचिव जिएम, उपमहासचिव अशोक दाहाल, प्रवक्ता सन्जिप राई, कार्यालय प्रमुख नरेश गिरी, कोषाध्यक्ष दिपक दुवाडी, स्थायी कमिटी सदस्य रेखा लोप्चन, विशाल खत्रीलगायतको उपस्थिति थियो ।

अध्यक्ष शाहीले दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामनासहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गरेका छन् ।


Published :२० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media