काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले दिवंगत र्यापर गायक यमबुद्धको शालिक आफ्नै तलबबाट बनाउने घोषणा गरेका छन् ।
शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका हुन् ।
काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेपछि विवाद भएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा शालिक निर्माणका लागि बजेट विनियोजन गरेपछि विवाद सिर्जना भएको हो ।
महानगरवासीको आवश्यकताभन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो ।