मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले मुलुकको अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउने बताएका छन् । काठमाडौंमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघले  अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र वाह्य क्षेत्र व्यवस्थापन गर्नेगरी नीति आउने बताए । गभर्नर अधिकारीले गभर्नर वा निजी क्षेत्रको मागभन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए ।

उनले अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने अवस्था रहेको भन्दै अर्थतन्त्र अस्थिर भए समस्या आउने भएकाले अर्थतन्त्रलाई सुधार गर्ने गरी मौद्रिक नीति आउने स्पष्ट गरे । गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति ल्याउने विषयमा राष्ट्र बैंकको टिमले सूक्ष्मरुपमा तथ्यांक विश्लेषण गरिरहेको बताए ।

उनले निजी क्षेत्रले व्यवसाय सहज हुने गरी नीतिको अपेक्षा गर्नु राष्ट्र बैंकले स्वाभाविक रुपमा लिएको बताए । गभर्नर अधिकारीले अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्य अनुसार राजश्व संकलन नहुने, व्यवसायीहरू मर्कामा पर्ने संकेत गरे ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा स्थायित्व हुनुपर्ने उल्लेख गर्दै स्थायित्व कायम गरेर सबै क्षेत्रलाई समेट्ने मौद्रिक नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे ।


Published :२६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media