सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुपर्छः केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउनुअघि सरकारमा रहेका दुईजिब्रेहरुले हिजो जानिएनछ भनेर जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । त्यसका साथै उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुपर्ने बताए ।

ओली सरकारले ल्याएको अध्यादेश र त्यसविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्योदशकै भावको विधेयक राष्ट्रियसभामा दर्ता गरिएको छ, जसको चौतर्फी विरोध भइरहेको छ ।

सोमबार सम्पादकहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले विधेयक ल्याउँदा आफूहरुसँग सल्लाह नभएको बताए । उनले भने, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदलतमा मुद्दा हालेको छ, यता राष्ट्रियसभा जस्तो ठाउँमा लगेर नगरी हुँदैन, संविधानसम्मत छ भनेको छ । योभन्दा निर्लज्ज, दुईमुखे दुईजिब्रे अरु के हुन्छ ?’

एमाले अध्यक्ष ओलीले भने- ‘यो लज्जानपस्पद कुरा हो । उनीहरुले त्यो मुद्दा फिर्ता लिनुपर्छ । हिजो गरेको कामहरुमा माफी माग्नुपर्छ । हिजो हामीले जानेनछौं भनेर नेपाली जनतासँग भन्नुपर्छ ।’


Published :२७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media