यस्तो छ नेपाली कांग्रेसका नेताहरुको मर्यादाक्रम (सूचीसहित)

काठमाडौँ । नेपाली काँग्रेसले विभिन्न तहमा रहेका नेताहरुको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेश गरेको छ ।

काँग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेताहरुको मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो ।

प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा नै देखिएका छन् ।

वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ । जसमा देउवाबाहेक अरु नेता कांग्रेसमा छैनन् ।

१२१औँ वरीयताक्रम निर्धारण गरेको कांग्रेसले १२०औँमा क्रियाशील सदस्य र १२१औँमा नेपाली कांग्रेस सदस्य रहने उल्लेख छ ।

वरीयताक्रमबारे विवाद उत्पन्न हुन थालेपछि सभापति देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिएका थिए ।

उक्त जिम्मेवारी पूरा गर्दै मंगलबार पार्टी केन्द्रीय समिति बैठकमा सहमहामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गरेका हुन् ।

 

 


Published :२८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media