प्रहरीका लागि हतियार आव‍श्यक हो, होइन सोबारे सदनलाई जानकारी गराउन एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार-हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेले सो आपत्ति प्रकट गरेको हो ।

एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो, होइन,  ती सामान नेपाल प्रहरीबाट माग भएको हो, होइन ? सोबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गरेका छन् ।

नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले कडा विरोध गर्दै आएको छ ।


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media