एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेद्वार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ ।

भोलि हुने उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

पार्टीबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई हुने जानकारी पार्टी स्रोतले दिएको छ । यसभन्दा अघि  एमालेले उपसभामुखमा साना दलले उम्मेदवार दिए उसैलाई सघाउने निर्णय गरेको थियो ।


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media